लाग्ने समय:
२ दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- आयोजनाको कूल रकम मध्ये नगरपालिकाले ब्यहोर्ने जति रकम कम्तीमा ३ किस्तामा उपलब्ध गराइनेछ ।
- प्रथम किस्ता माग गर्दा आयोजनाको लागत अनुमान, सम्झौतापत्र, बजेट माग पत्र समेत राखी पेश गर्नुपर्नेछ
- नगरपालिकाले ब्यहोर्ने रकम सम्बन्धित वडा कार्यालय मार्पmत् पठाइनेछ ।
- दोश्रो किस्ता माग गर्दा प्रथम किस्ता रकमबाट भएको कामको प्राविधिक मुल्याङ्कन, उपभोक्ता र अनुगमन समितिको निर्णय सहितको सिफारिस पत्र, वडा कार्यालयको सिफारिश पत्र, रकम खर्च भएको बील भरपाई समेत पेश गर्नुपर्नेछ ।
- अन्तिम किस्ता माग गर्दा प्राविधिक मुल्याङ्कन सहित आयोजनाको कार्य सम्पत्र प्रतिवेदन, उपभोक्ता समितिको निर्णय, अनुगमन समितिको निर्णय, सार्वजनिक परिक्षणको उपस्थीती सहितको निर्णय, रकम खर्च भएको बील भरपाई, वडा कार्यालयको सिफारिश पत्र र जा“चपास समितिबाट आयोजना फरफारक भएको निर्णय समेत राखी पेश गर्नुपर्नेछ ।
- आयोजनाको कूल लागत खर्च मध्ये अनुदान तथा जनश्रमको विवरण स्पष्ट खुल्ने गरी तयार गरी पेश गर्नुपर्नेछ ।