संक्षिप्त परिचय:-

चन्दननाथ नगरपालिका जुम्ला जिल्लामा रहेको प्रसिद्ध देवता चन्दननाथ बाबाको मन्दिर रहेको पूण्यभूमिको नामबाट यस नगरपालिकाको नाम रहन गएको हो । यसको पूर्वमा देपालगाउँ, गज्र्याङ्कोट र पट्मारा गा.वि.स., पश्चिममा हाँकु र लाम्रा गा.वि.स., उत्तरमा बुम्रमाडीचौर र शनिगाउँ गा.वि.स. र दक्षिण जाजरकोट जिल्ला पर्दछन् । यो जुम्ला जिल्लाको सदरमुकाम,र कर्णाली अञ्चलको सदरमुकाममा रहेको कर्णाली अञ्चलकै एकमात्र नवघोषित नगरपालिका हो । यस नगरपालिकामा तत्कालीन चन्दननाथ, महत, तलिउम र कार्तिकस्वामी गा.वि.स. समावेश भएका छन् । जहाँ हाल १० (दश) वडा रहेका छन् । 
यस नगरपालिकाको पूर्वतर्फ दानसाँगु दोभान तीर्थस्थल र चिमारामालिका अवस्थित छ भने दक्षिणतर्फ कार्तिकस्वामी, ठाकूरज्यू, विष्ट दह, शंख दह लगायतका प्रसिद्ध पर्यटकीय तीर्थस्थल पर्दछन् साथै नगरपालिकाको पश्चिम तर्फ पञ्चदेवल, सत्रखम्बा जस्ता ऐतिहासिक धार्मिक स्थलहरू पर्दछन् । त्यस्तै नगरपालिकाको उत्तरतर्फ बासिमालिका, बुडिचौरमालिका, चेरेमालिका गरुडनुहानी मन्दिर र कर्णाली प्राविधिक शिक्षालय रहेका छन् । ऐतिहासिक चन्दननाथ भैरवनाथको प्रसिद्ध मन्दिर पनि यसै नगरपालिकाको केन्द्रमा रहेका छन् । 
साथै नेपालका खसहरूहरूको उद्गमथला को रुपमा परिचित रहेको छ । 
यो नगरपालिकाको क्षेत्रफल १०२.३ वर्ग किलोमिटर छ । जहाँ हाल १९,०४७ कुल जनसंख्या रहेको छ । 
ऐतिहासिकपृष्ठभूमी
कल्याल वंशको शासनकालमा जुम्ला राज्यको राजधानी (छिनासिम रजस्थान) नामले यो क्षेत्र प्रख्यात थियो । (छिनासिम रजस्थान अर्थात् जुम्ला चौघान) जवानदी, तिलानदी,जुगाड, उमगाड खोलालगायतबाट परिसिंचित छिनासिमको राज्य श्यामल उपत्यका यहाँका थरी, थानी र रैथानीहरूको कर्मभूमि हो भने श्री चन्दननाथ भैरवनाथ बाबाको मन्दिरको आफ्नै महत्व रहेको छ । तिला, जवा नदीको संगमस्थल दानसाँगु पवित्र तीर्थस्थल भएको हुनाले स्थानीय नागरिकहरूका साथै नवआगन्तुकहरूको लागि पनि पुण्यभूमि मानिंदै आएको छ । यसका साथै पंचदेवल, सत्रखम्बा जस्ता पुरातात्विक महत्वका स्थलको उचित प्रचार प्रसार हुनसकेमा यस नगरपालिकाले उचित आयआर्जन गर्न सक्ने सम्भावना देखिन्छ । 
भू–बनोटको सामान्य परिचय ः
यो नगरपालिका जुम्ला जिल्लाको सदरमुकाम खलंगा बजारमा अवस्थित छ । यस नगरपालिकाको चारै दिशामा सिंचाईयुक्त ज्यूलो (खेत) रहेको, उत्तरपट्टि चरनयोग्य चेरे, धिमी चौर, खेतीयोग्य पाखो जमिन रहेको छ । त्यस्तै करिब बीसवटा सामुदायिक वनहरू साथै सदाबहार सल्लो, देवदारको जंगल यस क्षेत्रमा रहेको छ । दक्षिणमा घना जंगलको साथै ठूलो पाटन अवस्थित छ जुन जडिबूटी र पशुपालनका लागि प्रख्यात छ ।
कर्णाली लोकमार्गको वरिपरि विस्तारित हुँदै गरेको बजार, तिलानदीको छेउमा बसपार्क र रंगशाला व्यवस्थित हुने क्रममा रहेका छन् । त्यस्तै  पुनरोदन अदालत ,नेपाली सेनाको २४ नम्बर वाहिनी,   नेपाली सेनाको सिद्धिबक्स गण , जुम्ला विमानस्थल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, लोक सेवा आयोगको अंचल कार्यालय, नेपाल प्रहरीको अञ्चल कार्यालय, साना जलविद्युत् आयोजना साथै अन्य अञ्चल कार्यालयहरूका साथै विभिन्न विकास साझेदारहरूका कार्यालयहरू पनि याहा अवस्थित रहेका छन् । 
कर्णाली अञ्चलको सदरमुकाम रहेको यस क्षेत्रमा हाल कर्णाली अञ्चलमै एकमात्र र पहिलो नगरपालिका घोषणा हुनुका साथै भविष्यमा संघीय राज्यको पनि सदरमुकाम हुने सम्भावना बोकेको देखिन्छ । 
     भौगोलिक, सामुदायिक, सांस्कृतिक एवं पुरातात्वीक विविधता जस्ता सम्भावना यूक्त निधिहरु हुंदाहुंदै पनि व्यापारिक तथा औधोगिक कृयाकलाप आशातित हुन नसक्नु, आधुनिक व्यावसायिक कृषि प्रणाली तर्फ समन्वयात्मक अभ्यासको कमी, एकिकृत जग्गा विकासको अवधारणामा अघि वढ्न नसक्दा वसाई सरी जानेको उच्च दर रहनु,प्रतिभा पलायन उच्च रहनु, आन्तरिक आय वृद्धिमा श्रोतको पहिचान तथा दायरा फराकिलो वनाउने सम्वन्धमा गर्न खोजिएका प्रयासहरु प्रथम पटक नगर पालिका स्थापना भएको हुदा प्रयाप्त नहुने हुदा आन्तरिक आयको अवस्था निकै न्यून हुन जाने भई परनिर्भरताको वृद्धि हुन पुग्ने लगायत विकास कार्यमा सकृय जनसहभागिताको कमीको महशुस भएको विकासको पथमा देशका  अन्य नगरपालिका मध्ये अग्र स्थानमा उभिनकठिनाइपुर्ण  अबस्था महसुश भएको छ ।
        लोकतन्त्रको उच्चतम अभ्यास र लाभ नजिकको सरकारवाट जनता समक्ष प्रदान गर्न विकेद्रिकरणको अवधारणा अनुरुप स्थानीय सरकारको रुपमा नगरपालिकालाई संचालन गर्न स्थानीय स्वायत्त शासन ऐन २०५५ लगायत सम्वद्ध नियम, कार्यविधि निर्देशिका मार्फत जवाफदेही र उत्तरदायी सरकारको रुपमा स्थापित गरिएको छ ।
नगर क्षेत्रको समावेशी विकासका लागि सम्पूर्ण जाती, लिंग, वर्ग, समुदाय र क्षेत्रका आवाजहरुलाई सम्वोधन गर्दा उपलव्ध श्रोत र माग पक्षको तालमेल हुन नसक्दा मावन विकास सूचकांकमा लक्षित उपलव्धी हुन नसकेतापनि सामाजिक परिचालन तर्फका नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च, टोल विकास सांस्था, वाल क्लव, गै.स.स. तथा सामुदायिक संघ संस्थाको परिचालनवाट योजना तर्जुमा तथा कार्यान्वयन प्रभावकारी हुन गई अपेक्षित उपलव्धीमा वृद्धि हुने विश्वास लिएको छु ।
  प्रतिस्पर्धाको वर्तमान यूगमा अन्य विकसित नगरको समतुल्यमा पु¥याउनको लागि नगरको समृद्धि र आत्म निर्भरता वढाउन सवै नगरवासी एवं तह र तप्कावाट सकृय एवं रचनात्मक भूमिका रहनेछ भन्ने विश्वास लिएको छु ।
क) सडक यातायात तर्फ
  १. पक्कि सडक
       कालोपत्रे सडकः– २ किलो मिटर (बजार क्षेत्र)
       पि.सि.सि. सडकः– २०० मिटर (बजार क्षेत्र)
  २. ओटाशिल पिचः– ५ कि.मि. निमार्णधिन ( सुर्खेत जुम्ला मोटरबाटो सडक विभाग वाट)
  ३. कच्चि माटे सडकः– ३० कि.मि.
 ख) शिक्षा तर्फ
   १. स्नातकोत्तर तह  क्याम्पसः–  १
   उ.मा.वि.संख्याः–३
   मा.वि.संख्याः–६
  नि.मा.वि.संख्याः–४
   प्रा.वि.संख्याः– ७
   शिसु स्याहार केन्द्रः–
   वालविकास केन्द्रः–१६
ग)  खानेपानी तर्फ
    १. खानेपानीमा जनताको पहुंचः–  ६५  प्रतिशत 
घ)  विधुतिकरण तर्फ
    १. नगर क्षेत्रको करिव ६० प्रतिशत घरधुरीमा विधुतको पहुंच पुगेको 
ड.) स्वास्थ्य सेवा तर्फ
    १. कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान– १
२ कर्णालि अन्चल आर्यूबेदिक औषधालय १
    २. उप–स्वास्थ्य चौकीः– २ वटा
    ३. स्वास्थ्य चौकीः– १
    ४. शहरी स्वास्थ्य केन्द्रः–
    ५. स्वास्थ्यमा पहुंचः–     ५५  प्रतिशत
 च) सामाजिक परिचालन 
 १ जना प्राविधिक विशेषज्ञ , ४ जना सामाजिक परिचालक १५ वटा वडाहरुमा जम्मा ९ वटा टोल सुधार समिति, ८ वटा नागरिक सचेतना केन्द्र, १५ वटा वडा नागरिक मञ्च, महिला सञ्जाल, वाल सञ्जाल, तथा नगरमा विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुसंचालित रहेका ।