FAQs Complain Problems

नागरिकता प्रमाण पत्र प्राप्तीका लागि सिफारिस

लाग्ने समय: 
वडाबाट सिफारिस भई आएको १ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 
  • तोकिएको निवेदन फाराम 
  • सम्बन्धित वडा अध्यक्ष्ँको सिफारिस, आवश्यक परेमा सर्जमिन सहितको सिफारिस पत्र
  • बाबु÷आमाको नागरिकताको प्रमाणित प्रतिलिपी वा घर परिवारका सनाखत गर्ने व्यक्तिको नागरिकताको प्रमाणित प्रतिलिपी, विवाहित भए बाबु र पतिको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी र विवाह दर्ता प्रमाण पत्र
  • दुवै कान देखिने हालै खिचेको फोटो २ प्रति
  • अध्ययनरत वा अध्ययन समाप्त गरेको हकमा जन्ममिति खुलेको विद्यालयको प्रमाण पत्रको प्रतिलिपी र जन्म दर्ता प्रमुख पत्र, अन्यको हकमा उमेर खुलेको अन्य प्रमाण जस्तै जन्म दर्ता, जन्म कुण्डली आदी)
  • बसांई सराई गरी आएको भए बसाई सराईको प्रमाण पत्रको प्रतिलिपी
  • वैवाहिक सम्बन्ध अङ्गीकृतको लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी
  • वैवाहिक अङ्गीकृत नागरिकताका लागि विदेशी नागरिकता त्यागेको वा त्याग्न कारवाही चलाएको प्रमाण –जस्तै पत्राचार गरेको पत्रको वोधार्थ प्रति वा पत्र पठाएको आधिकारिक प्रमाण)
  • चालु आर्थिक वर्ष सम्मको नगरपालिकालाई तिर्नु पर्ने सम्पूर्ण कर र शुल्क तिरेको प्रमाण
  • आवश्यक परेमा जग्गाधनी प्रमाण पूर्जा, जन्म दर्ता प्रमाण पत्र वा मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी प्रमाणको लागि पेश गर्नु पर्नेछ ।
  •  कुनै पनि व्यक्तिको सम्बन्ध नखुलेको खण्डमा नाता कायमको लागि जिल्ला प्रहरीको सर्जमीन मुचुल्का ।
  •  सरकारी कर्मचारी भए सम्बन्धित कार्यालयको सिफारिस पत्र 
  • मृतकसंग नाता प्रमाणित गर्दा मृत्यु दर्ता प्रमाण पत्र
  • नाता प्रमाणित गर्ने सबैको नेपाली नागरिकता प्रमाण—पत्रको प्रतिलिपी
  • बाहिर जिल्ला वा गा.वि.स., नगरपालिकाको नागरिकता प्रमाण पत्र भए बसाई सराईको प्रमाण पत्र
  • उमेर नपुगेको हकमा जन्म दर्ता प्रमाण पत्र
  • हालै खिचेको पासपोर्ट साईजको फोटो ३÷३ प्रति
  • जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
  • निवृत्तभरण पाउनेहरुको हकमा प्रयोजन हेरी संयुक्त फोटो
  • सम्वन्धित कुनै पक्षको मृत्यु भएको रहेछ भने मृत्यु दर्ता प्रमाण–पत्र
  • चालु आर्थिक बर्षसम्मको नगरपालिकालाई तिर्नु पर्ने सम्पूर्ण कर र शुल्क तिरेको प्रमाण